मुनाफारहित • गैरसरकारी सामाजिक संस्था

चक्रघट्टी काठमाडौं एकता समाज

“जन्मथलोको माया, कर्मथलोको सहकार्य”

जन्मथलो र कर्मथलोबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै सामाजिक सद्भाव, भाइचारा, आपसी सहयोग र समृद्ध समाज निर्माणका लागि एकताबद्ध हुने साझा मञ्च।

संस्थागत विवरण

दर्ता नं.: १७३, ०८०/८१
दर्ता निकाय: जिप्रका काठमाडौं
प्यान नं.: ६२१३८६४५५
वेबसाइट: chakraghatti.com

हाम्रो बारेमा

एकता, सहकार्य र सामाजिक उत्तरदायित्व

संस्थाको परिचय

सुनसरी जिल्ला, बराहक्षेत्र नगरपालिका अन्तर्गत साविक महेन्द्रनगर गा.वि.स. तथा चक्रघट्टी आसपासमा स्थायी बसोबास भएका, अध्ययन, रोजगारी वा अन्य कामको सिलसिलामा काठमाडौं उपत्यकामा आई अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने व्यक्तिहरूलाई एकताबद्ध गर्दै आफ्नो जन्मथलो वा कर्मथलोको विकासमा योगदान पुर्‍याउने उद्देश्यले “चक्रघट्टी काठमाडौं एकता समाज” स्थापना गरिएको हो।

कानुनी आधार

यो संस्था सम्बन्धित सबैको हितका लागि सामाजिक सद्भाव, भाइचारा र आपसी समझदारी कायम गर्दै आपसी सहयोग आदान–प्रदान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको मुनाफारहित, गैरसरकारी सामाजिक संस्था हो।

संस्था दर्ता ऐन, २०३४ को अधीनमा रही संस्था दर्ता भएको छ।

हाम्रा प्रमुख उद्देश्य

समाज, जन्मथलो र कर्मथलोप्रतिको साझा जिम्मेवारी

एकता र भाइचारा

काठमाडौं उपत्यकामा रहेका चक्रघट्टी तथा आसपासका व्यक्तिहरूबीच एकता, आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ गर्ने।

जन्मथलोको विकास

जन्मथलोको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा विकासात्मक गतिविधिमा आफ्नो क्षमता र स्रोतअनुसार योगदान पुर्‍याउने।

आपसी सहयोग

समुदायका सदस्यहरूबीच आवश्यकता अनुसार सहयोग, सहकार्य, सूचना आदान–प्रदान र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने।

सामाजिक सद्भाव

आपसी समझदारी, सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम गर्न सकारात्मक भूमिका निर्वाह गर्ने।

कर्मथलोमा सहकार्य

काठमाडौं उपत्यकामा बसोबास गर्ने सदस्यहरूबीच साझा हितका गतिविधि र रचनात्मक सहकार्यलाई प्रोत्साहन गर्ने।

समृद्ध समाज

साझा सहभागिता, पारदर्शिता र जिम्मेवारीमार्फत समृद्ध तथा सहयोगी समाज निर्माणमा योगदान पुर्‍याउने।

समिति तथा पदाधिकारी

संस्थाको नेतृत्व र कार्यसम्पादन संरचना

सञ्चालक समिति

  • अध्यक्षः श्री देवराज अधिकारी
  • उपाध्यक्षः श्री योगेन्द्र घिमिरे
  • सचिवः श्री विष्णु प्र. घिमिरे
  • कोषाध्यक्षः श्री सीताराम राई
  • श्री हेमन्त राज निरौला — सदस्य
  • श्री चामुण्डा प्रसाद दाहाल — सदस्य
  • श्री महेश्वरी दाहाल — सदस्य
  • श्री कोपिला पराजुली — सदस्य
  • श्री पुनम न्यौपाने — सदस्य
  • श्री तेज प्रकाश सापकोटा — सदस्य
  • श्री रेनुका बराल — सदस्य
  • श्री भगवती दाहाल — निवर्तमान अध्यक्ष

लेखा समिति

  • श्री भुवन दाहाल — संयोजक
  • श्री सन्तोष दाहाल — सदस्य
  • श्री जीवन सापकोटा — सदस्य
  • श्री दीपक चाम्लिङ राई — सदस्य
  • श्रीमती सीता गौतम — सदस्य

सल्लाहकार समिति

  • श्री ब्रह्मध्वज गुरुङज्यू — संयोजक
  • श्री शिव प्र. भण्डारीज्यू — सदस्य
  • श्री भूमिराज निरौलाज्यू — सदस्य

नीति तथा अनुसन्धान उप–समिति

  • श्री हेमन्त राज निरौला — संयोजक
  • श्री दुर्वासा भट्टाराई — सदस्य
  • श्री नेत्र प्रसाद कोइराला — सदस्य
  • श्री परशुराम दाहाल — सदस्य
  • श्री हरिबाबु आचार्य — सदस्य
  • श्री कौशिला राई — सदस्य
  • श्री किशोर कोइराला — सदस्य
  • श्री हरि बहादुर बस्नेत — सदस्य

चक्रघट्टी उप–समिति

  • श्री विष्णु प्रसाद घिमिरे — संयोजक
  • श्री सोमनाथ दाहाल — सदस्य
  • श्री शालिग्राम दाहाल (चक्रघट्टी) — सदस्य
  • श्री लक्ष्मी गड्तौला — सदस्य
  • श्री केशव नारायण अधिकारी — सदस्य

सम्पर्क गर्नुहोस्

चक्रघट्टी काठमाडौं एकता समाजसँग जोडिनुहोस्

चक्रघट्टी काठमाडौं एकता समाज

काठमाडौं, नेपाल

वेबसाइट: www.chakraghatti.com

इमेल: office@chakraghatti.com

मोबाइल: +९७७ १४१०४५९७

हाम्रो अभियान

“जन्मथलोको माया, कर्मथलोको सहकार्य”

एकता, सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वमार्फत आफ्नो समुदाय तथा जन्मथलोको विकासमा योगदान गरौँ।